नयाँ आवसंगै नेप्सेमा छायो हरियाली, पहिलो घण्टामै ५६ अंकको वृद्धि

आइतबार, ०३ साउन २०७८, १२ : २०

काठमाडौं,  कारोबारको पहिलो दिन (आइतबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचकमा हरियाली छाएको छ । 

कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक ५६.१० अंकले उकालो लागेर  २९३९.५१ को बिन्दुमा पुगेको छ । 

एक घण्टाको अवधिमा कारोबारमा आएका २०६ ओटा कम्पनीको ३२ हजार ४५९ पटकको कारोबारमा ६२ लाख २० हजार २७६ कित्ता शेयरको रू ३ अर्ब २३ करोड ७५ लाख बराबरको कारोबार भएको छ ।

आज २०६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १७३ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ६ शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

आइतबार, ०३ साउन २०७८, १२ : २०

प्रतिक्रिया