दोस्रो घण्टा : नेप्सेमा करिब ७० अंक वृद्धि, कारोबार रकम पनि ६ अर्ब नजिक

आइतबार, ०३ साउन २०७८, १३ : ०६

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक करिब ७० अंकले उकालो लागेको छ ।

आज परिसुचक सो अवधीसम्ममा ६९.७९ अंकले उकालो लागेर २९५३.२० को बिन्दुमा पुगेको छ । 

दुई घण्टाको अवधिमा कारोबारमा आएका २१४ ओटा कम्पनीको ५८ हजार ३३५ पटकको कारोबारमा १ करोड १२ लाख १६ हजार २३२ कित्ता शेयरको रू ५ अर्ब ९१ करोड ७ लाख बराबरको कारोबार भएको छ ।

आज २१४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १७४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ५ शेयरमूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।

आइतबार, ०३ साउन २०७८, १३ : ०६

प्रतिक्रिया