काठमाडौं, साताको पहिलो दिन (आइतबार) अर्थात नयाँ आर्थिक वर्षको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ ।
आज नेप्से ९७.२१ अंकले बढेर २९८०.६१ विन्दुमा पुगेको छ । त्यस्तै आज कारोबार रकम पनि बढेको छ । आज ११ अर्ब ६३ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर १ लाख १६ हजार २९४ पटक खरिद बिक्री भएको हो ।
आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज नेप्सेमा समृद्धी फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर र सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, आज एनआइबीएल समृद्धी फण्डको शेयरमूलयमा उच्च गिरावट आएको छ । यसको शेयरमूल्य आज करिब ६ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा मञ्जुश्री फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको आज ३६ करोड भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया