मंगलबारदेखि हकप्रद शेयर निष्कासन गर्दै एचआईडीसीएल, कित्ता कति ?

आइतबार, ०३ साउन २०७८, १६ : ३२

काठमाडौं, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल) ले मंगलवारदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । 

कम्पनीले शतप्रतिशत रू।. १०० अंकित दरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

हकप्रद शेयर निष्कासन बन्द मिति साउन २५ गते बैंकिङ समयसम्म रहेको छ । हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. २२ करोड पुग्नेछ । 

हकप्रद शेयर निष्कासन विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

आइतबार, ०३ साउन २०७८, १६ : ३२

प्रतिक्रिया