२० अर्बको लगानीमा जगदुल्ला जलविद्युत् आयोजनाको काम अघि बढ्यो

२ बर्ष अगाडि

स्वदेशी लगानीमा निर्माण कार्य शुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको जग्गा अधिग्रहणको काम सम्पन्न भएको छ । आयोजनालाई आवश्यकपर्ने २६० रोपनी जग्गा अधिग्रहण भइसकेको र त्यसका लागि मुआब्जासमेत वितरण भइसकेको आयोजाना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०को कामसमेत सम्पन्न भएको छ । 

आयोजना निर्माणका लागि रु २० अर्ब लाग्ने अनुमान गरिएको प्रमुख सापकोटाले बताए । अर्धजलाशययुक्त उक्त आयोजनाको अहिले वातावरणीय अध्ययन कार्य जारी छ । एनइ इञ्जिनीरिङले सो काम सम्पन्न गरेर पुस मसान्तसम्म आयोजनालाई प्रतिवेदन बुझाउने सम्झौता गरेको छ । त्रिवेणीस्थित भेरी नदीमा १०० मिटर लामो पुलको कामसमेत आयोजना आफँैले निर्माण गरिरहेको छ । आयोजनाको विद्युत् उत्पादन गृहमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापनका लागि दुई भवन निर्माण कार्य चलिरहेको छ ।

वातावरणीय अध्ययन कार्य अन्तिम चरणमा पुगेसँगै मुख्य परामर्शदाता, ठेकेदार छनोट प्रक्रियासमेत चालु आर्थिक वर्षमा अगाडि बढाई आउँदो आगामी वर्षदेखि निर्माण कार्य शुरु गर्न लागिएको छ । त्यसका लागि अहिले विद्युत् खरीदबिक्री तथा सम्झौताको कामका लागि आवश्यक सहकार्य भइरहेको छ । त्यस्तै वित्त व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वय भइरहेको बताइएको छ । यस वर्ष विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) र व्यवस्थापन सक्ने लक्ष्य लिइएको छ ।  

२ बर्ष अगाडि

प्रतिक्रिया