काठमाडौं, नेष्डो समृद्ध लघुवित्तले साधारण शेयर(आईपिओ) निष्काशनका लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
लघुवित्तले सर्वसाधारणका लागि ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयर निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । लघुवित्तले आफ्ना कर्मचारी र सामुहिक लगानी कोष समेतलाई उक्त परिमाणको साधारण शेयरको सार्वजनिक निष्कासन गर्न अनुमति मागेको धितोपत्र बोर्डले जनाएको छ ।
लघुवित्तले ग्लोबल आइएमई क्यापिटललाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको थियो ।
पर्वत जिल्लाको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था, नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो । संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।
संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको लघुवित्तमा दुई वटा संस्था र ८१ जना संस्थापक शेयरधनीहरुबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको शेयर पुँजी चुक्ता भैसकेको छ ।
प्रतिक्रिया