काठमाडौं, साताको तेस्रो कारोबार दिन मंगलवार तीन म्युचुअल फण्डको इकाई मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज लक्ष्मी इक्विटी फण्ड,लक्ष्मी उन्नती कोष र ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाई मूल्यमा सकारात्मक सर्किट लागेको हो । ती तीन ओटै फण्डको इकाई मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो ।
लक्ष्मी उन्नती कोषको प्रतिइकाई मूल्य रू. १४.२५,लक्ष्मी इक्विटी फण्डको रू. १६.०५ र ग्लोबल आइएमई समुन्नत स्किमको रू. २२.३२ पुगेको हो ।
चार ओटै फण्डको इकाईमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले इकाई मूल्य बढेको हो ।
प्रतिक्रिया