दोस्रो घण्टा : ओरालो यात्राकै नेप्से, कारोबार रकम कति ?

मंगलबार, ०५ साउन २०७८, १३ : १२

काठमाडौं,  कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको दोस्रो घण्टामा पनि नेप्से परिसूचक ओरालो यात्रामै छ । 

कारोबार सुरु भएको दुई घण्टा बित्दाँ परिसुचक ५.३२ अंकले ओरालो लागेर २९८९.२६ को बिन्दुमा पुगेको छ । 

एक घण्टाको अवधिमा कारोबारमा आएका २१४ ओटा कम्पनीको ४० हजार ५५४ पटकको कारोबारमा १ करोड ६५ लाख ३५ हजार ७५४ कित्ता शेयरको रू ३ अर्ब ७९ करोड ९० लाख बराबरको कारोबार भएको छ ।

आज २१४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ६४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ११० शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।

मंगलबार, ०५ साउन २०७८, १३ : १२

प्रतिक्रिया