मंगलबार नेप्सेमा ८० हजार कित्ता बोनस शेयर सूचीकृत

मंगलबार, ०५ साउन २०७८, १३ : १४

काठमाडौं,  मंगलबार नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस  नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० सूचीकृत भएको छ ।

नेप्सेका अनुसार लघुवित्तको चुक्ता पूँजी ५ करोड ७२ लाख ४४ हजार ४७० रुपैयाँको १४ प्रतिशतले हुन आउने ८० हजार १४२ दशमलव २६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको असार २१ गते, सोमबार सिटिस्क्वेयर, न्यूरोड, पोखरा, कास्कीमा सम्पन्न भएको थियो ।

संस्थाको पाँचौ वार्षिक साधारण सभाले चुक्ता पूँजीको १४ प्रतिशतले हुन आउने ८० लाख १४ हजार २२६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ४ लाख २१ हजार ८०१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
 

मंगलबार, ०५ साउन २०७८, १३ : १४

प्रतिक्रिया