काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले साउन १३ गतेरबाट अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।
कम्पनीले जेठ २० गतेदेखि असार १३ गते निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको २ लाख १५ हजार ५ सय ९९ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले साउन १३ गतेबाट साउन २० गते, बुधबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताहरुले मुक्तिनाथ हात्तिसार मार्ग, कमलादी, काठमाडौँ तथा मुक्तिनाथ विकास बैंक लिमिटेडका ठीमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगंज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया