आज सेयर बजार बन्द हुने

बुधबार, ०६ साउन २०७८, ०८ : ३९

काठमाडौं - आज बुधबार धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने भएको छ । सरकारले आज सार्वजनिक बिदा दिने भएको छ ।

मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।सरकारले सार्वजनिक बिदा दिएसँगै नेप्से पनि बन्द हुने भएको छ । 

हिजो मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९.०१ अंकले घटेर २९८५.५७ विन्दुमा झरेको थियो । यस्तै, सेन्सेटिभ परिसूचक २.८२ अंकले घटेर ५५८.११ विन्दुमा पुगेको थियो ।

कूल २१९ वटा कम्पनीको ३ करोड १६ लाख ८ हजार एक सय ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ६९ रूपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार, ०६ साउन २०७८, ०८ : ३९

प्रतिक्रिया