काठमाडौं, सनराइज बैंकको आफ्नो स्वामित्वमा रहेको सगरमाथा इन्स्योरेन्सको ५ लाख कित्ता बढी संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको सगरमाथा इन्स्योरेन्सको ५ लाख ५ सय १२ कित्ता शेयर बिक्री गर्ने भएको हो ।
बैंकले यी शेयरको न्युनतम मूल्य ५७६ रुपैयाँ २२ पैसा रहेको छ । शेयर बिक्रिको लागि हाल कायम संस्थापक शेयरधनी नै प्राथमिकतामा पर्ने छन् । उक्त शेयर खरिद गर्न चाहने हाल कायम संस्थापकहरुलाई ३५ दिन भित्र निवेदन आवेदन दिन आग्रह गरेको छ ।
३५ दिन भित्र पुरै शेयर खरिदको लागि आवेदन नपरेमा वर्तमान संस्थापक शेयरधनीभन्दा बाहिरका व्यक्ति वा संस्थालाई बिक्रि गरिने सगरमाथा इन्स्योरेन्सले जनाएको छ ।
प्रतिक्रिया