ऋणपत्र निष्कासन गर्न कामना सेवा विकास बैंकले धितोपत्र बोर्डमा दियो निवेदन, कित्ता कति ?

बुधबार, ०६ साउन २०७८, १२ : ३०

काठमाडौं,  कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले साउन ३ गते रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि  बार्डमा निवेदन दिएको हो ।  

कम्पनीले कुल १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र व्याक्तिगत तबरबाट विक्री गर्नेछ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बुधबार, ०६ साउन २०७८, १२ : ३०

प्रतिक्रिया