काठमाडौं, प्रिमियर इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर लिलामीमा आवेदन दिने शुक्रवार अन्तिम दिन रहेको छ ।
कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता सस्थापक शेयर असार २७ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरमूल्य न्यूनतम रू. ५५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
इच्छुक आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम ५०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया