१८ वर्ष माथिका नागरिकलाई जोन्सन खोप लगाइदै

२ बर्ष अगाडि

काठमाडौंमा आजबाट १८ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिइने भएको छ । स्वास्थ्य सेवा विभागले त्यसका लागि काठमाडौं जिल्लालाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराइएको जानकारी दिएको छ ।

विभागका अनुसार  ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई १ लाख ४० हजार मात्रा खोप दिने लक्ष्य राखिएकोमा २ दिनमा ४० हजार मात्रा खोप लगाइएको छ । यहि बीचमा १८ वर्ष उमेर समूहलाई पनि खोप लगाउन लागिएको विभागले जानकारी दिएको छ । 

यद्यपि, सरकारले उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता ९वर्ग क–ख० भएका नागरिक, शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई दिने निर्णय गरेको थियो । साउन ४ देखि ६ गतेसम्म काठमाडौँका ५५ वटा खोप केन्द्रबाट खोप लगाउने निर्णय भएको थियो । अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई जोन्सन एन्ड जोन्सनको खोप १५ लाख ३४ हजार ८५० डोज उपलब्ध गराएको हो ।  
 

२ बर्ष अगाडि

प्रतिक्रिया