नेपालमा बढ्न थाले कोरोना संक्रमित, २४ घण्टामा ३० जनाको मृत्यु

२ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

१२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  यो सँगै नेपालमा कोराना संक्रमित हुनेको संख्या ७ लाख २४ हजार ४५५ जना पुगेको छ । 

यस्तै  पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ६३७ पुगेको छ । 

यस्तै आज नेपालमा  १ हजार ४१५ जना कोरोनामुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख ३६ हजार ४०२ पुगेको छ । 

हाल नेपालमा १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् । यस्तै संक्रमित मध्ये काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना गरी ६९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया