काठमाडौं - आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । साधारण सेयर (आईपीओ) निष्कासन गर्नको लागि संस्थाले बि।ओ।के। क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सो सम्बन्धमा संस्था र क्यापीटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र बि।ओ।के। क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्मालेले हस्ताक्षर गरेका छन् ।
संस्थाले आफ्नो जारी पूँजी २ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने ६० लाख रूपैयाँ बराबरको जम्मा ६० हजार कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ । संस्थाको असार ३१ गते सम्पन्न भएको तेश्रो वार्षिक साधारण सभाले पनि साधारण सेयर ९आईपीओ० निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
संस्थाको सेयर रजिष्ट्रारको काम पनि बि।ओ।के। क्यापिटल लिमिटेडले नै गर्नेछ ।
प्रतिक्रिया