काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कृषि विकास बैंक लिमिटेडको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
कारोबार सुरु भएको दुई घण्टा बित्दाँ कम्पनीको शेयरमुल्य ९.३६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमुल्य ५१ रुपैंयाले बढेर ५९९ रुपैंयामा पुगेको छ ।
यस्तै, सोही अवधीसम्म कम्पनीको ६ लाख १२ हजार ४०५ कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त कित्ता शेयर खरिदबिक्री हुदाँ रु. ३५ करोड २० लाख बराबरको शेयर कारोबार भएको हो ।
त्यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख ८६ हजार ६३ कित्ता शेयर खरिदमाग भएको छ भने ५३ हजार ४८१ कित्ता शेयर बिक्री माग भएको छ ।
प्रतिक्रिया