१५ कम्पनीको साढे ५ करोड बढी कित्ता आईपीओ निष्कासनको पाइपलाइनमा, कुन कम्पनीको कति ?

शुक्रबार, ०८ साउन २०७८, ११ : ०९

काठमाडौं,  यस वर्ष अर्थात आर्थिक वर्षमा २०७८/०७९ मा १५ कम्पनी आईपीओ रहेको नेपाल धितोपत्र बोर्ड(सेबोन) ले जनाएको छ ।

उक्त कम्पनीहरुको ५ अर्ब ५० करोड ३० लाख चार हजार ८ सय रुपैयाँ बराबरको ५ करोड ५० लाख ३० हजार ४८ कित्ता आईपीओ पनि यसै वर्ष जारी हुने प्रक्रियामा रहेको छन् । आईपीओ निष्कासनका लागि आवेदन दिएका तर प्रक्रिया नपुगेका कम्पनीहरुलाई बोर्डले आवश्यक सहजीकरण गरिरहेको बोर्डले जनाएको छ। 

पाइपलाइनमा रहेकामध्ये १२ वटा आईपीओ जलविद्युत कम्पनीको छ । यस्तै एक इन्स्योरेन्स, एक सेवा क्षेत्र र एक लघुवित्त कम्पनी छन् ।

कुन कम्पनीको कति ?

कम्पनीको नाम आईपीओ कित्ता

आईपीओ रकम (रू.)

सयपत्री हाइड्रोपावर लिमिटेड ९ लाख कित्ता ९ करोड
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी ३३ लाख ७ हजार ५ सय  कित्ता

३३ करोड ७ लाख ५० हजार

डिस मिडिया नेटवर्क २३ लाख ८५ हजार ९२९ कित्ता २३ करोड ८५ लाख ९२ हजार ९ सय
दोर्दी खोला जलविद्युत कम्पनी २९ लाख ५१ हजार ९२९ कित्ता २९ करोड ५१ लाख ९२ हजार ९ सय
अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी २० लाख कित्ता २० करोड
एनईएसडीओ सम्बृद्ध लघुवित्त वित्तीय संस्था ८लाख २८ हजार ७५० कित्ता ८ करोड २८ लाख ७५ हजार
ङ्यादी हाइड्रोपावर लिमिटेड कम्पनी ४० लाख ५० हजार कित्ता ४० करोड ५० लाख
ग्रिन भेन्चर लिमिटेड (हाइड्रोपावर) ६२ लाख ५० हजार कित्ता ६२ करोड ५० लाख
आईएमई लाइफ इन्स्योरेन्स ६० लाख कित्ता ६० करोड
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड २५ लाख कित्ता २५ करोड
ग्रीन भेन्चर लिमिटेड (हाइड्रोपावर) ६२ लाख ५० हजार कित्ता ६२ करोड ५० लाख
साहश ऊर्जा लिमिटेड १ करोड ५ लाख कित्ता १ अर्ब ५ करोड
हिमालयन हाइड्रोपावर लिमिटेड २२ लाख ५० हजार कित्ता २२ करोड ५० लाख
बलेफी हाइड्रोपावर ३६ लाख ५५ हजार ९४० कित्ता ३६ करोड ५५ लाख ९४ हजार
बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड १२ लाख कित्ता १२ करोड

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

शुक्रबार, ०८ साउन २०७८, ११ : ०९

प्रतिक्रिया