ग्लोबल आइएमई क्यापिटलले आज शनिबारर पनि सेवा दिने, किन ?

शनिबार, ०९ साउन २०७८, ०७ : ४७

काठमाडौं - ग्लोबल आइएमई क्यापिटलले आज (शनिबार) पनि कार्यालय खुल्ला गर्ने भएको छ । क्यापिटलको नक्साल स्थित मुख्य कार्यालय आज शनिबार बिहान १०:०० बजेदेखि दिउसो ३:०० बजेसम्म सञ्चालन गर्ने भएको हो । 

मध्य भोटेकोशी जलविद्युत आयोजनाको आइपीओे निष्कासन भईरहेको र सो को लागि क्यापिटलको तर्फबाट प्रदान गरिने सेवा शनिवार पनि खुला गर्ने क्यापिटलले जनाएको छ ।

आज सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाहरुको लागि मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयरमा आवेदन गर्ने, हाइड्रोईलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन गर्ने कार्यहरु गरिने छ । 

साथै हितग्राही खाता खोल्ने, नविकरण गर्ने तथा हितग्राही खातासँग सम्वन्धित विवरणहरु अद्यावधिक गर्नुको साथै मेरो सेयरसँग सम्बन्धित सम्पूर्ण कार्यहरु गरिने क्यापिटलले जनाएको छ ।

शनिबार, ०९ साउन २०७८, ०७ : ४७

प्रतिक्रिया