काठमाडौं - यो साता २ कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । २ कम्पनीको ४ लाख ६ सय २९.२६ कित्ता सेयर सूचिकृत भएको हो ।
जसमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । नेप्सेका अनुसार दुवै कम्पनीको बोनस सेयर सूचिकृत भएको हो ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
यो साता हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको ३ प्रतिशत बोनस सेयर वापतको ३ लाख २० हजार ४ सय ८७ कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत कर प्रयोजन गरी कूल ७.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । उक्त लाभांश कम्पनीको असर २९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।
नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड
साथै यो साता नै नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस बापतको ८० हजार एक सय ४२.२६ कित्ता सेयर सूचिकृत भएको छ ।
नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार ४ सय ७० रुपैयाँको १४ प्रतिशतले हुन आउने ८० लाख १४ हजार २ सय २६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ४ लाख २१ हजार ८ सय १ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त लाभांश असार २१ गते, सोमबार सिटिस्क्वेयर, न्यूरोड, पोखरा, कास्कीमा सम्पन्न भएको संस्थाको पाँचौ वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।
प्रतिक्रिया