काठमाडौं - एनएमबि बैंकका ग्राहकले बिगमार्टमा सामान किन्दा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।
बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई ईएनएमबी मोबाईल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट बुधवार र शनिवारको दिन फलफूल तथा तरकारी समान खरीद गर्दा २५ प्रतिशत वा रु। ३०० सम्मको छुट पाउने गरी सम्झौता गरेको छ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
प्रतिक्रिया