साउन १४ गतेदेखि मन्जुश्री फाइनान्सको संस्थापक शेयर लिलामीमा आउदै, न्यूनतम मूल्य कति ?

आइतबार, १० साउन २०७८, ०९ : ३१

काठमाडौं - साउन १४ गतेदेखि मन्जुश्री फाइनान्स लिमिटेडले संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले १२ हजार ५८७ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।

उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले भदौ ८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त शेयरको न्यूनतम मूल्य रू. ३०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र भदौ ९ गते बिहान १० बजे एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जानकारी गराएको छ । 

आइतबार, १० साउन २०७८, ०९ : ३१

प्रतिक्रिया