अब बीमा कम्पनीले घर, जग्गा बाहेकका स्थिर सम्पत्ति खरिद बिक्री गर्दा समितिको स्वीकृत नचाहिने

आइतबार, १० साउन २०७८, ११ : ३७

काठमाडौं - बीमा कम्पनीहरूले घर, जग्गा बाहेकका स्थिर सम्पत्ति खरिद बिक्री गर्दा बीमा  समितिको स्वीकृत लिनु नपर्ने भएको छ । समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीलाई पत्र काट्दै घर जग्गा बाहेकका स्थिर सम्पति खरिद बिक्री गर्दा स्वीकृति लिनु नपर्ने बताएको हो । 

तर, बीमा कम्पनीहरूले सामान खरिद बिक्री गर्दा आफ्नो नेटवर्थको बढीमा ३० प्रतिशतसम्मको सीमाभित्र रहनुपर्ने समितिले जनाएको छ । यस अघि कम्पनीहरूलाई सामान खरिद बिक्री गर्दा बीमा समितिको स्वीकृति अनिवार्य थियो ।

कम्पनीहरूले सञ्चालक समितिबाट स्वीकृत गरेर खरिद विनियम बमोजिम कार्यालय प्रयोजनका लागि आवश्यक (घररजग्गा) बाहेकका स्थिर सम्पत्ति खरिद÷बिक्रि गर्दा समितिको स्वीकृति आवश्यक नपर्ने भएको हो ।

आइतबार, १० साउन २०७८, ११ : ३७

प्रतिक्रिया