नेपाल इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा ईश्वर नियुक्त

आइतबार, १० साउन २०७८, ११ : ५५

काठमाडौं - नेपाल इन्स्योरेन्सले निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त भएका हुन् ।

कम्पनीमा कार्यरत प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको करार सेवाको म्याद असार ८ गते सकिएसँगै कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा पोखरललाई नियुक्त गरिएको छ । 

नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्मको लागि कम्पनीमा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललई निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

आइतबार, १० साउन २०७८, ११ : ५५

प्रतिक्रिया