मोरङको बुधबारेमा नेपाल बंगलादेश बैंकको नयाँ शाखा विस्तार

आइतबार, १० साउन २०७८, १७ : २१

काठमाडौं, नेपाल बंगलादेश बैंकले मोरङ जिल्लाको लेटाङ्ग नगरपालीकाको बुधबारे बजारमा नयाँ शाखा बिस्तार गरेको छ ।

यस विस्तारित सेवाबाट उक्त स्थानमा छरिएर रहेको पुँजिलाई एककिृत गर्न सघाउ पुग्नका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोवारका लागि लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारबाट बैंकिङ्ग प्रणाली मार्फत प्राप्त हुने सम्पुर्ण सेवा, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता संचालन गर्न लगायतका सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकले आफ्ना ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

आइतबार, १० साउन २०७८, १७ : २१

प्रतिक्रिया