ज्योति विकास बैंकले बिक्रिमा ल्याएको १ अर्ब ५० करोडको ऋणपत्र बाँडफाँड, कसरी हेर्ने विवरण

सोमबार, ११ साउन २०७८, ०७ : ४७

काठमाडौं - ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रको बाँडफाँड सम्पन्न भएको छ । बैंकले असार २० गते आइतबारदेखि असार ३० गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको  उक्त ऋणपत्र साउन ८ गते शुक्रबार बाँडफाँड गरिएको हो । 

छिटोमा असार २३ गतेसम्म आवेदन दिन पाइने भनिएकोमा छिटो अवधिमा पर्याप्त आवेदन नपरेको हुनाले आवेदन म्याद लम्बाइएको थियो । बैंकले बैंकले १० वर्ष अवधिको लागि 'ज्योति विकास बैंक बण्ड २०८७' नाममा १ अर्ब ५० करोड रूपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियो । 

जसमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख कित्ता गरेको हो । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ३० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको हो । 

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेको हो । ९ प्रतिशत ब्याज दिने १० वर्षे यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २७ गते निष्कासन अनुमति दिएको थियो । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । 

बाँडफाँड सम्बन्धी  विवरण आवेदकहरूले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित WWW.Meroshare.cds.com.np बाट हेर्न सकिने बिक्रि प्रबन्धक एनआइबिएल एस क्यमपिटलले जनाएको छ ।

सोमबार, ११ साउन २०७८, ०७ : ४७

प्रतिक्रिया