काठमाडौं - जीवन विकास लघुत्ति कम्पनी र मनकामना स्मार्ट लघुवित्तको आईपिओ बाँडफाँट पछि दास्रो बजार कारोबारका लागि हाल सम्म पनि नेपाल स्टक एक्सचेन्ज नेप्से मा सुचिकृत भएको छैन ।
दुबै संस्थाको आईपिओ निष्काशन र सेयर रजिष्टारको जिम्मेवारी पाएको एनएमबि क्यापिटलले जिवन विकास लघुवित्तको सेयर यसै साता भित्रमा नेप्सेमा सुचिकृत गर्ने गरी तयारी गरिरहेको जनाएको छ ।
साथै मनाकामना स्मार्ट लघुवित्तको पनि सकेसम्ममा यसै साता भित्रमा र नसकिएमा अर्को सातासम्ममा नेप्सेमा सुचिकृत हुने जनाएको छ ।
जीनव विकास लघुवित्तले असार ११ गते शुक्रबारबाट असार १५ गते, मंगलबारसम्म साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
संस्थाको आईपीओमा परेको आवेदनमध्ये २० लाख १८ हजार ३ सय ८ जना मात्र योग्य आवेदक रहेका थिए । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा बढीमा ११ कित्ता र थोरैमा १० कित्ता बाँडफाँड गरिएको थियो । आईपिओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर र १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ताका दरले सेयर पाएका छन् ।
त्यस्तै, मनाकामना स्मार्ट लघुवित्तले असार १७ गते बिहीबारदेखि असार २१ गते सोमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।
उक्त साधारण सेयर (आईपीओ)को बाँडफाँड असार २८, सोमबार निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो ।
ग्रोलाप्रथाबाट वितरण गर्दा ३६ हजार ३ सय ४९ जनाले १० कित्ता सेयर हात पारेका थिए । जसमध्ये १० कित्ता भन्दा धेरै आवेदन दिने भाग्यमानी २ जनाले थप एक एक कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका छन् । बाँकी १९ लाख १५ हजार एक सय ७२ आवेदकको भने हात खाली भएको थियो ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।