लक्ष्मी उन्नति कोषको खुद सम्पत्ति बढ्यो, ५३ सूचीकृत कम्पनीको सेयरमा लगानी

सोमबार, ११ साउन २०७८, १५ : ०१

काठमाडौं - लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषको खुद सम्पत्ति बढेको छ । कम्पनीले सार्वजनिक गरेको २०७८ साल असार मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धीको विवरणले यस्तो देखाएको हो ।  

असार मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य ९न्याभ० १४ रुपैयाँ ९२ पैसा पुगेको छ । उक्त मूल्य जेठ मसान्तको तुलनामा ७५ पैसाले बढेको हो । जेठ मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १४ रुपैयाँ १७ पैसा रहेको थियो ।

त्यसैगरी, असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी ५२ करोड २४ लाख रुपैयाँमा झरेको छ । उक्त लगानी जेठ मसान्तको तुलनामा ६ करोड ३० लाख रुपैयाँले थोरै हो । जेठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ५८ करोड ५५ लाख रूपैयाँ लगानी गरेको थियो ।

त्यस्तै, फण्डले विभिन्न प्रकारका ५३ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डको बैंक मौज्दात ३८ करोड ४० लाख रुपैयाँ पुगेको छ । जेठ मसान्तसम्मको तुलनामा बढेको हो । जेठ मसान्तसम्ममा फण्डको बैंक मौज्दातमा २५ करोड ८७ लाख रूपैयाँ रहेको थियो ।

सोमबार, ११ साउन २०७८, १५ : ०१

प्रतिक्रिया