“मुक्तिनाथ सम्बृद्धि बचत खाता” सञ्चालनमा, मासिक ५.२५ प्रतिशत ब्याज

सोमबार, ११ साउन २०७८, १६ : ५५

काठमाडौं, मुक्तिनाथ विकास बैंक लिमिटेडले मासिक ब्याज पाउने आकर्षित बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले “मुक्तिनाथ सम्बृद्धि बचत खाता” सञ्चालनमा ल्याएको हो । 

ग्राहकहरुले मात्र एक सय रुपैयाँको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता खोल्न सक्नेछन् । यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । 

साथै पहिलो वर्षको लागि निशुल्क मोबाईल बैंकिङ्ग तथा निशूल्क इन्टरनेट बैंकिङ्गको सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । 

सोमबार, ११ साउन २०७८, १६ : ५५

प्रतिक्रिया