लघुवित्त संस्थाहरुलाई लाभांश वितरणमा थप कडाइ, यस्तो छ नयाँ व्यवस्था

मंगलबार, १२ साउन २०७८, ०७ : ३३

काठमाडौं, नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको लघुवित्त संस्थाहरुको लाभांश वितरणमा थप कडाइ गरेको छ ।  केन्द्रीय बैंकले २० प्रतिशत भन्दा बढि लाभांश वितरण गर्न निरुत्साहित गर्दै नयाँ व्यवस्था गरेको छ ।

जसअनुसार नगद र बोनससहित २० प्रतिशत भन्दा बढि लाभांश प्रस्ताव गर्ने संस्थाले लाभांशको ५० प्रतिशत हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । साथै, खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशत भन्दा कम भएका संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न पाउने छैनन् । 

समग्रमा बुझ्नुपर्दा यस व्यवस्था अनुसार २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न त पाइन्छ । तर यसका लागि अब केही थप नियामकीय प्रावधानहरु भने पूरा गर्नुपर्ने हुन्छ । औसतमा २० प्रतिशत लाभांश वितरण ठीकै हो । कम लाभांश वितरण गर्दा कम्पनीहरुको रिजर्भ थप दरिलो बनाउन भने सहयोग पुग्न सक्छ । 

मंगलबार, १२ साउन २०७८, ०७ : ३३

प्रतिक्रिया