काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको सञ्चालक समितीले साधारणसभा प्रयोजनका लागि साउन १४ गते गतेका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
त्यसैले साउन आज १३ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । समितीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश सेयर र ०.५२ प्रतिशत नगद लाभांश् (कर प्रयोजनका) लागि वितरणको प्रस्ताव गरेको थियो ।
कम्पनीको १५ औं वार्षिक साधारण सभा साउन २१ गते कम्पनी रजिष्टर्डको कार्यलय पानिपोखरी काठमाडौंमा बिहान भर्चुअल माध्यमबाट हुनेछ । कम्पनीको साधारणसभामा सहभागि हुन इच्छुक सेयरधनीहरुलाई सभाको मिटिङ आईडी र पासवार्ड कम्पनीको वेबसाईट मार्फत उपलब्ध गराईने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया