सबैको लघुवित्तको खुद नाफा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति ?

बुधबार, १३ साउन २०७८, ०७ : ४३

काठमाडौं - सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा उल्लेख्य बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

गत असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ४४ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी सामान्य बढेपनि सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । यसका साथै खराब कर्जा उठाउन सफल भएका कारण पनि लघुवित्तको नाफा बढ्न टेवा पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४८.९८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७६.६२ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको चुक्ता पूँजी समीक्षा अवधिमा १०।५० प्रतिशत, जगेडा कोष १९५।९६ प्रतिशत, निक्षेप ४९।६६ प्रतिशत, सापटी ६४.८५ प्रतिशत र कर्जा ७४.१८ प्रतिशत बढेको छ ।

त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ १ पैसा बढेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३२.७१ गुणा रहेको छ भने नेटवर्थ १६२ रुपैयाँ १३ पैसा रहेको छ ।

लघुवित्तको निष्क्रिय कर्जा १.६१ प्रतिशतबाट बढेर २.२५ प्रतिशत पुगेको छ ।

बुधबार, १३ साउन २०७८, ०७ : ४३

प्रतिक्रिया