२० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने

बुधबार, १३ साउन २०७८, ०८ : ३२

काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेपछि ’डिपोजिट कलेक्सन’ उपकरणको प्रयोग गर्ने भएको छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा भएको अधिक तरलतालाई सन्तुलन कायम गर्नका लागि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन जारी गर्न लागेको हो ।

केन्द्रिय बैंकले बुधबार निष्कासन गर्ने २० अर्बको निक्षेप संकलन बजारको तरलता, डिपोजीट रेट तथा समग्र प्रणालीको अवस्थालाइ विश्लेषण गरेर खुला बजार सञ्चालन समितिले निष्कासन गर्न लागेको हो ।

केन्द्रिय बैंकले दुई सातापछि सावाँ तथा ब्याज भुक्तानी गर्ने गरी निष्कासन गर्न लागेको हो । सो वित्तीय औजारमा लगानी गर्ने संस्थाले पाउने ब्याजदरको सन्दर्भमा भने बोलकबोल माध्यमबाट निर्धारण हुनेछ ।

वित्तीय प्रणालीमा भएको अधिक तरलतालाई सन्तुलनमा ल्याउनका लागि अल्पकालीन वित्तीय औजार डिपोजीट कलेक्सन निष्कासन गर्न लगेको नेपाल राष्ट्र बैंकका अधिकारीको भनाइ छ ।

बुधबार, १३ साउन २०७८, ०८ : ३२

प्रतिक्रिया