ठगी बढ्न थालेपछि आफ्नो बैंक खाताको विवरण कसैलाई नदिन लक्ष्मी बैंकको आग्रह

बुधबार, १३ साउन २०७८, ०९ : ०३

काठमाडौँ  - लक्ष्मी बैंक लिमिटेडले आफ्नो बैंक खाताको विवरण, ओ.टि.पि जस्ता महत्त्वपूर्ण विवरण कसैलाई पनि नदिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै कुनै पनि अपरिचित व्यक्तिलाई उक्त जानकारी नदिन आग्रह गरेको हो । 

हाल विभिन्न माध्यमबाट व्यक्ति तथा समूहहरूको झुठा व्यहोराको चिठ्ठा परेको भनी मोवाइल, इमेल वा फोनमा सम्पर्क गरी चिठ्ठामा परेको रकम प्राप्त गर्नका लागि आवश्यक प्रक्रिया पूरा गर्ने लाग्ने खर्च निजहरुको खातामा जम्मा गर्न वा पैसा रकमान्तर गर्न अनुरोध गर्दै ठगी गरेको सूचना प्राप्त भएको भन्दै सतर्फ आफ्ना ग्राहकहरुलाई सचेत गराएको बैंकले जनाएको छ ।  

त्यस्तै, प्रलोभनमा पारी पैसा खाने नियतले गरेको दुष्प्रचारबाट सजग भईै अपरिचित व्यक्तिले गरेको अनुरोधको आधारमा कुनै पनि किसिमको रकम जम्मा गर्ने, आफ्नो खाताबाट रकम रकमान्तर गर्ने वा आफ्नो बैंक खाताको विवरण, ओ।टि।पि जस्ता महत्त्वपूर्ण विवरण कसैलाई पनि नदिन बैंकले आग्रह गरेको छ । 


 

बुधबार, १३ साउन २०७८, ०९ : ०३

प्रतिक्रिया