राष्ट्र उत्थान लघुवित्तको नाफा २०० प्रतिशत वृद्धि, ८ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्दै

बुधबार, १३ साउन २०७८, ११ : ०४

काठमाडौं - राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २०० प्रतिशत वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमास सम्मको वित्तीय विवरण यस्तो देखाएको हो । 

विवरणका अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ९५ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गर्न गरेको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २०० प्रतिशतले बढी हो । 

अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै, कम्पनीको खुद ब्याज आम्दानी पनि ६७.९८ प्रतिशतले बढेर १८ करोड ६६ लाख रुपैयाँ पुगेको  छ । अघिल्लो वर्ष कम्पनीले ११ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २७०.९२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २ करोड ७ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा समीक्षा अवधिमा बढेर ७ करोड ७० लाख रुपैयाँ पुगेको छ । हाल चुक्तापुँजी १७ करोड ५० लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १२ करोड रुपैयाँ छ ।   

संस्थाले ८ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्दैछ । आइपीओ निष्कासन गर्न कम्पनीले बोर्डसँग अनुमति पनि मागिसकेको छ । अब बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटलले गर्नेछ । 
 
 

बुधबार, १३ साउन २०७८, ११ : ०४

प्रतिक्रिया