जनरल इन्स्योरेन्सको सीईओमा राम चन्द्र श्रेष्ठ नियुक्त

बुधबार, १३ साउन २०७८, ११ : ४६

काठमाडौं - जनरल इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । कम्पनीले  राम चन्द्र श्रेष्ठलाई नियुक्त गरेको हो । 

कम्पनीका सीईओ एसके टमोटको कार्यकाल सकिएपछि सीईओ पद खाली रहेको थियो । श्रावण १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा राम चन्द्र श्रेष्ठलाई नियुक्त गरेको हो । 

श्रेष्ठले आगामी चार वर्षसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् । उनी यसअघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।


 

बुधबार, १३ साउन २०७८, ११ : ४६

प्रतिक्रिया