सिद्धार्थ इक्विटी फण्डको खुद सम्पत्ति मूल्य घट्यो, सेयरमा २ अर्ब ३ करोड बढि लगानी

बुधबार, १३ साउन २०७८, १४ : २४

काठमाडौं - सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) घटेको छ । कम्पनीले सार्वजनिक गरेको २०७८ साल असार मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धीको विवरणले यस्तो देखाएको हो । 

असार मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य ९न्याभ० १७ रुपैयाँ ३५ पैसामा सीमित भएको छ । उक्त मूल्य जेठ मसान्तको तुलनामा ५५ पैसाले घटेको हो । जेठ मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १७ रुपैयाँ ९० पैसा रहेको थियो ।

त्यसैगरी, असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी २ अर्ब ३ करोड ८९ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ । उक्त लगानी जेठ मसान्तको तुलनामा १२ करोड ३३ लाख ५७ हजार रुपैयाँले धेरै हो । जेठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा २ अर्ब १६ करोड २३ लाख ८ हजार रूपैयाँ लगानी गरेको थियो ।

बुधबार, १३ साउन २०७८, १४ : २४

प्रतिक्रिया