रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा मृतक बीमितको परिवारलाई २ करोड ५० लाख दाबी भुक्तानी हस्तान्तरण

बुधबार, १३ साउन २०७८, १५ : ०१

काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्सले मृतक बीमितको परिवारलाई दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले मृतक बीमित सजन विकको परिवारलाई २ करोड ५० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

एक औपचारिक कार्यक्रमका साथ कम्पनीमा बीमा गरेका मृतककी पत्नी सपना मल्ललाई दाबी भुक्तानी दिएको कम्पनीले जनाएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

मृतक बीमित विकले रिलायन्स लाइफमा २० वर्षे बीमा अवधिको पोलिसी खरिद गरेका थिए । उनले प्रथम बीमाशुल्क वापत ५ लाख २२ हजार ८२० रुपैयाँ कम्पनीलाई बुझाएका थिए ।

रिलायन्स लाइफले देशका विभिन्न ९७ शाखा कार्यालय मार्फत जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

बुधबार, १३ साउन २०७८, १५ : ०१

प्रतिक्रिया