सानिमा म्युचुअल फण्डले नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउने भएको छ ।
फण्डले सानिमा ग्रोथ फण्ड नामक सामुहिक लगानी कोष सञ्चालनमा ल्याउनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
सानिमा ग्रोथ फण्डले १२ करोड इकाई निष्कासन गर्न धितोपत्र बोर्डमा असार ३१ गते निवेदन दिएको हो । योजना व्यवस्थापकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत यसअघि सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्ड सञ्चालित छन् ।
प्रतिक्रिया