माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, अवधि कति वर्ष ?

विहीबार, १४ साउन २०७८, ०७ : २४

काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडको ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले १० वर्ष अवधिको उक्त  ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ असार ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ । 

सर्वसाधारणका लागि निष्काशन गरिएकोमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

विहीबार, १४ साउन २०७८, ०७ : २४

प्रतिक्रिया