काठमाडौं - लक्ष्मी इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कोषले नगद लाभांश वितरण गर्नको लागि साउन १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
त्यसैले आज साउन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । कोषले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुका लागि ३५ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको सञ्चालक समितिको साउन ७ गते बिहान बसेको बैठकले लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गर्ने यो दोस्रो कोष हो । यसअघि गत साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया