मिर्मिरे लघुवित्तको मुनाफा ४८१.९० प्रतिशत वृद्धि, प्रतिसेयर आम्दानी कति

विहीबार, १४ साउन २०७८, ०९ : ०१

काठमाडौं - मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको मुनाफा व्यापक वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक बर्ष २०७७/७८ को अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो । 

प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा कम्पनीले २० करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४८१.९० प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ३ करोड ४३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ४९०.१६ प्रतिशतले बढेर ३१ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ५ करोड ३८ लाख रूपैयाँ मात्र थियो । त्यसैगरी,  चौथो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १२९.२० प्रतिशतले बढेर ४४ करोड ३२ लाख रपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ४३ करोड ५० लाख रुपैयाँ र जगेडा कोषमा ३४ करोड ५३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा संस्थाको जगेडा कोषको आकार ३३४.१४ प्रतिशतले बृद्धि भएको हो ।  

खुद मुनाफामा आएको उछालसंगै संस्थाको प्रतिसेयर आम्दानी समिक्षा अवधिमा ब्यापक बृद्धि भएको देखिन्छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ३८ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ४०.२२ गुणा रहेको छ ।

विहीबार, १४ साउन २०७८, ०९ : ०१

प्रतिक्रिया