एन आई सी एसिया डाइनामिक डेप्ट फण्डको खुद सम्पत्तिको मूल्य घट्यो, ३३ सूचीकृत कम्पनीको सेयरमा लगानी

विहीबार, १४ साउन २०७८, १४ : ३६

काठमाडौं - एनआइसी एसिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एन आई सी एसिया डाइनामिक डेप्ट फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य ९न्याभ० घटेको छ । फण्डले सार्वजनिक गरेको २०७८ साल असार मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धीको विवरणले यस्तो देखाएको हो । 

असार मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ११ रुपैयाँ २६ पैसामा सीमित भएको छ । उक्त मूल्य जेठ मसान्तको तुलनामा १३ पैसाले घटेको हो । जेठ मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य ११ रुपैयाँ ३९ पैसा रहेको थियो ।

त्यसैगरी, असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी ७ करोड ५ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । जेठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ९ करोड ६५ लाख ४ हजार रूपैयाँ लगानी गरेको थियो ।

त्यस्तै, विभिन्न प्रकारका ३३ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा लगानी गरेको छ । 

विहीबार, १४ साउन २०७८, १४ : ३६

प्रतिक्रिया