काठमाडौं, युनियन हाइड्रोपावर लिमिटेडमा नयाँ सञ्चालक समिति सर्वसम्मत निवार्चित भएका छन् ।
संस्थापक शेयरधनीको तर्फबाट तीन जना र सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना सञ्चालक पदमा निर्वाचित भएका हुन् ।
संस्थापक शेयरधनीको तर्फबाट तारानाथ सापकोटा,विष्णु प्रसाद पाण्डे र अभिज्ञा मल्ल निर्वाचित भएका हुन् । त्यसैगरी सर्वसाधारण समूहको तर्फबाट रामजी प्रसाद कोइराला,हरि प्रसाद पराजुली र श्रद्धा पराजुली निर्वाचित भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
कम्पनीको असार २५ गते सम्मपन्न वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक निवार्चित भएका हुन ।
प्रतिक्रिया