काठमाडौं - एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
बैंकले नागरिक लगानी कोष, आरएमडिसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर साउन ५ गतेदेखि लिलामीमा ल्याएको हो ।
बैंकले नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता, आरएमडिसी लघुवित्तको ३ लाख १९ हजार ६५ कित्ता र मेरो माइक्रोफाइनान्सको १ लाख ६ हजार ३९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।
नागरिक लगानी कोषको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२१, आरएमडिसी लघुवित्तको रू. ४७३ र मेरो माइक्रोफाइनान्सको रू. ५३४ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदकले बोलपत्र पेश गर्न सक्नेछन् ।
यी तीनओटै कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा न्यूनत १०० कित्ताको आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन ।
प्रतिक्रिया