काठमाडौं - एनआईबिएल एस क्यापिटल को एनआईबिएल म्युचुअल फण्डद्धारा सञ्चालित एनआइबिएल सहभागिता फण्डले आफ्ना ईकाइधनीहरुका लागि लाभांश घोषणा गरेको छ ।
साउन १४ गते बसेको योजना व्यबस्थापकहरुको बैठकले इकाई धनीहरुका लागि अघिल्लो आर्थिक बर्ष २०७७/७८ को मुनाफा बाट ५० प्रतिशत(कर सहित) लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
त्यस्तै योजनाले साउन १४ गते हिजो नै बुक क्लोज गर्ने निर्णय पनि गरेको छ । त्यसैले हिजो १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनिहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।
प्रतिक्रिया