काठमाडौं - आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा २८ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षमा २३ करोड २५ लाख मात्र कमाउन सफल भएको छ । लघुवित्तको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.२४ प्रतिशत घटेको छ भने सञ्चालन मुनापाm २९।३९ प्रतिशत घटेको छ । लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा १४.९६ प्रतिशत बढेको छ भने सापटी ३२.५९ प्रतिशत र कर्जा लगानी ४६.४४ प्रतिशत बढेको छ ।
खुद नाफा घटेसँगै लघुव्त्तिको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ १७ पैसा घटेर २२ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
प्रतिक्रिया