महुली लघुवित्त वित्तीय विवरण सार्वजनिक, अधिकांश सूचकमा सुधार

२ बर्ष अगाडि

काठमाडौं - महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ३५५.१६ प्रतिशतले वुद्धि भएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।  

साथै लघुवित्तको अधिकांश सूचकमा सुधार देखिएको छ । समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ९ करोड ८० लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३४.४८ प्रतिशत मात्र बढेको छ । 

लघुवित्तको सञ्चालन मुनाफा भने २९२.९४ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४०.२१ प्रतिशत बढेको छ भने जगेडा कोष ६१.५२ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको सापटी ४३.०३ प्रतिशत, निक्षेप १८.५७ प्रतिशत र कर्जा ३८.१६ प्रतिशत बढेको छ । खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार भएको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३० रुपैयाँ ३० पैसा बढेर ४३ रुपैयाँ ७८ पैसा पुगेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया