आईपीओ प्रस्ताव पारित गर्न सुपरमाई हाइड्रोपावरले भदौ ५ गते डाक्यो साधारण सभा

२ बर्ष अगाडि

काठमाडौं, सुपरमाई हाइड्रोपावर पब्लिक लिमिटेडले भदौ ५ गते सातौँ वार्षिक साधारण सभा डाकेको  छ । 

कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट सभा सुरु गर्ने भएको छ । कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट हुनेछ ।

सभाले आर्थिक वर्ष २०७७र७८ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ११ दशमलव ५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने, सार्वजनिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । 

सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि रहेको छ ।  

२ बर्ष अगाडि

प्रतिक्रिया